एजेन्सी, ६ जेठ । स्पेनिस लिगमा खासै राम्रो खेल प्रदर्शन गर्न नसकेको रियल मड्रिड च्याम्पियन्स लिगको लागि भने पुर्ण तयार रहेको प्रशिक्षक जिनेदान जिदानले बताएका छन् ।
मे २६ मा हुने च्याम्पियन्स लिगको फाइनल खेलमा रियलले लिभरपुलको सामना गर्दैछ ।
प्रशिक्षक जिदानले भनेका छन्, ‘रियलले यस सिजनको ला लिगामा गतिलो खेल प्रदर्शन गर्न सकेन । म यसका लागि अति ने दुःखी छु । तर, च्याम्पियन्स लिगमा तेस्रोपटक लगातार फाइनलको यात्रा तय गर्नुले हाम्रो बलियो पक्ष पनि देखाएको छ ।’
ला लिगामा रियलले तेस्रो स्थानमा चित्त बुझाउन सफल भएको छ ।
तर, यस सिजनमा रियलले आफ्नो सान जोगाउन च्याम्पियन्स लिगमा गतिलो नतिजा ल्याउनै पर्ने दबाब रहेको उनले बताएका छन् ।
च्याम्पियन्स लिगमा लिभरपुलले पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने जिदानको अपेक्षा रहेको छ ।
The post रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल खेलका लागि तयार appeared first on Sajha Post.