काठमाडाैं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफ खेलहरु आजबाट हुँदैछन् ।
लिग चरणमा शीर्ष दुई स्थान हात पारेका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच आज पहिलो क्वालिफायर खेल हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे मुम्बईमा हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहेको हैदरावाद र दोस्रो स्थानमा रहेको चेन्नईले सिधै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्न लागेका हुन् ।
यो खेलको विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले अर्को एउटा अवसर पाउनेछ ।
The post आइपिएल : प्लेअफ खेलहरु आजबाट appeared first on Sajha Post.