Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपिएल मेरो लागि अविस्मरणीय यात्रा रह्यो : सन्दीप

$
0
0


काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ठ प्रदर्शन गरेर नेपाल फर्किएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई नेपालमा भव्य स्वागत गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आईपीएल आफ्नो खेल जीवनमा अविश्मरणीय यात्रा भएको बताए । सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए ।

सन्दीपले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आईपीएल नेपाललाई चिनाउने मौका भएको बताए । उनले आफूले उक्त अवसरलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको अनुभूति बताए । ‘सिक्ने अवसर थियो । त्यसलाई सदपुयोग गरेँ भन्ने लाग्छ,’ उनले भने, ‘आगामी दिनमा नेपालले अझै धेरै गर्नुछ ।’ उनले नेपाली टिममा रहेका आफूभन्दा राम्रा र सिनियर खेलाडीले पनि आइपिएलमा अर्को वर्षहरुमा अवसर पाउने विश्वास सुनाउ ।

The post आइपिएल मेरो लागि अविस्मरणीय यात्रा रह्यो : सन्दीप appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles