एजेन्सी, ९ जेठ । दुई दशकभन्दा बढी समय आर्सनलको प्रशिक्षकका रुपमा बिताएका आर्सने विइगरले क्लब छाडेपछि आर्सनल बोर्ड नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो ।
अन्तत त्यो खोजी अन्त्य भएको छ । मिडिया रिपोर्टका अनुसार आर्सनलले पुर्व पिएसजी क्लबका प्रशिक्षक युनाइ इमरीलाई नियुक्त गरेको छ । इमरीको वेवसाइटबाट उनी आसर्नलमा नियुक्त भएको पुष्टि भएको हो ।
माइकल आर्टेटा आर्सनलको प्रशिक्षक बन्ने हल्ला चलिरहँदा इमरीको नियुक्तीले केही फुटबल विश्लेषकहरुलाई आश्चर्यचकित पारेको छ ।
दुई सिजन पिएसजीमा बिताएका उनले क्लबलाई पाँचवटा उपाधि जिताउन सफल भएका थिए । तर, च्याम्पियन्स लिग अनुभव भने खासै राम्रो रहेन । उनी दुई सिजन नै अन्तिम १६ बाटै आउट भएका थिए ।
अब उनको नियुक्तीपछि आर्सनलले प्रिमियर लिग र युरोपियन प्रतिस्पर्धामा कस्तो फड्को मार्ने हो सबैको चासोको विषय बनेको छ ।
The post आर्सनलको प्रशिक्षकमा इमरी नियुक्त appeared first on Sajha Post.