Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सी विश्वकप तयारीका लागि अर्जेन्टिनाको ट्रेनिङ क्याम्पमा फर्किए

$
0
0

एजेन्सी, ९ जेठ । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी विश्वकप तयारीका लागि अर्जेन्टिनाको ट्रेनिङ क्याम्पमा फर्केका छन् ।

बार्सिलोनालाई यस सिजनको ला लिगा र कोपा डेल रे उपाधि जिताउन सफल लियोनल मेस्सी उच्च फर्ममा रहेका छन् । उनले यस सिजन लिगमा ३४ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड पाचौ पटक जित्न सफल भए ।

अर्जेन्टिनाको क्याम्टेन समेत रहेका उनी अबको ध्यान विश्वकपको तयारीमा जुटेका छन् । प्रशिक्षक उनको आगमनले खुसी भएको बताएका छन् । रसियामा हुने विश्वकपमा उपाधि जित्नआफुले हरसम्भव प्रयास गर्ने उनले बताएका छन् । ग्रुप डीमा रहेको अर्जेन्टिना नाइजेरिया, आइसल्याण्ड र क्रोसियासँग आमने सामने गर्दैछ ।

सन् २०१४ मा भएको विश्वकपमा उपविजेता बनेको अर्जेन्टिना यस पटक भने विश्वकप उपाधि जित्ने दाउमा रहेको छ ।

The post मेस्सी विश्वकप तयारीका लागि अर्जेन्टिनाको ट्रेनिङ क्याम्पमा फर्किए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images