एजेन्सी, ११ जेठ । पुर्व रियल मड्रिड स्टार खेलाडी रोनाल्डोले लिभरपुल स्टाइकर मोहमम्द सालाहको तारिफ गरेका छन् । उनले सालाहको तुलना बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीसँग गरेका हुन् ।
२५ वर्षीया सालाहले यस सिजन ४४ गोल गरेका छन् । त्यस्तै लिभरपुलले आउने शनिबार राति च्याम्पियन्स लिग उपाधिका लागि रियलसँग आमने सामने गर्दैछ ।
पुर्व ब्राजिलियन स्टार खेलाडी रोनाल्डो भन्छन्, ‘मलाई सालाह मेस्सीजस्तै लाग्छ । उनलको खेलबाट म प्रभावित भएको छु । उनी एक उत्कृष्ट खेलाडी हुन् ।’
उनले थप्दै भने, ‘सालाहले उत्कृष्ट खेलाडी खेल खेलेपनि च्याम्पियन्स लिगको उपाधि भने रियलले जित्नेछ । रियलसँग लामो च्याम्पियन्स लिग अनुभव भएका कारण पनि उनीहरुले जित्ने सम्भावना उच्च रहेको छ । मलाई लाग्छ रियलले लिभरपुललाई ३-२ गोलले पराजित गर्नेछ ।’
उनले लिभरपुलले जित्न सक्ने समेत बताएका छन् । उनी भन्छन्, ‘यदी लिभरपुलले जितेमा म आश्चर्यचकित हुनेछु । तर, रियलले जित्नेमा म आशावादी रहेको छु ।’
The post रोनाल्डो भन्छन्,’सालाह मेस्सी जस्तै’ appeared first on Sajha Post.