Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकपको तयारी हुनुपुर्व नै ब्राजिललाई ठुलो झट्का, केही प्रमुख खेलाडीहरु घाइते

$
0
0

एजेन्सी, ११ जेठ । सन् १९५८ मा स्वीडेनलाई पराजित गर्दै ब्राजिलले पहिलो पटक विश्वकप उपाधि जितेको थियो । स्वीडेनमा नै आयोजित भएको उक्त विश्वकपमा ब्राजिलले स्वीडेनलाई ५–२ गोलले पराजित गरेको थियो । सन् १९६२ मा लगातार दोस्रो पटक ब्राजिलले विश्वकप जित्न सफल भयो । चिलीमा सम्पन्न भएको उक्त विश्वपकमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै विश्वकप उपाधि जितेको थियो ।
सन् १९७० मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा ब्राजिलले इटालीलाई ४–१ गोलले पराजित गर्दै तेस्रोपटक विश्वकप उपाधि जितेको थियो । त्यसपछि भने ब्राजिलले लामो समय विश्वकप उपाधि जित्न सकेन । अमेरिकामा आयोजना भएको सन् १९९४ मा भएको विश्वकपमा इटालीलाई ट्राइबेकरमा हराउँदै पुन विश्वकप उपाधि उचाल्यो ।
सन् २००२ मा दक्षिण कोरिया र जापानमा आयोजना भएको विश्वकपमा जर्मनीलाई पराजित गर्दै ब्राजिलले पाँचौ पटक विश्वकपको उपाधि उचाल्यो । पाँच पटकको विश्वकप विजेता रहेको ब्राजिल यसपटकको विश्वकपको ग्रुप इ मा रहेको छ । उसले यस ग्रुपमा स्वीजरल्याण्ड, कोस्टारिका र सर्भियासँग आमनेसामने गर्नेछ ।

ब्राजिलियन टोलीमा समस्या

विश्वकप उपाधिको दावेदार मानिएको ब्राजिललाई विश्वकप पुर्व नै धेरै झट्काहरु लागेको छ । उसका केही प्रमुख खेलाडीहरु पुर्ण फिट छैनन भने कतिपय घाइते भएका छन् ।

डिफेन्डर डानी आल्भेस घाइते भएपछि ब्राजिलले एक अनुभवी खेलाडी गुमाउने लगभग पक्का भएको छ ।

उता नेयमार पूर्ण रुपमा फिट छैनन् । प्रशिक्षक टिटे यसै कारण तनाबमा रहेको फुटबल विश्लेषहरु बताउँछन् ।

इटालियन क्लब युभेन्ट्सलाई घरेलु लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका विंगर डग्लस कोस्टा पनि घाइते रहेका छन् ।
यस्तो अवस्थामा ब्राजिलले कस्तो खेल प्रदर्शन गर्ने हो सबैको चासोको विषय बनेको छ ।

The post विश्वकपको तयारी हुनुपुर्व नै ब्राजिललाई ठुलो झट्का, केही प्रमुख खेलाडीहरु घाइते appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles