कोलकत्ता, ६ चैत । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत भारत-पाकिस्तानबीच शनिबार कोलकत्तामा हुने खेलअघि सुरक्षा व्यवस्था कडा पारिएको छ । खेल कोलकत्तास्थित इडेन गार्डेन मैदानमा साँझ हुनेछ ।
Image may be NSFW.
Clik here to view.
सामान्यतया खेलको दुई घण्टाअघि दर्शकलाई स्टेडियम प्रवेशको अनुमति दिइने भए पनि यस खेलमा ३ घण्टा अघि नै स्टेडियममा प्रवेश गर्ने अनुमति दिईने भएको छ ।
भारत र पाकिस्तानबीचको सम्बन्ध राम्रो छैन । सोही कारण सीमामा बारम्बार गोलाबारी भइरहन्छ । यसरी बारम्बार भिडिरहने दुई देशबीच क्रिकेट मैदानमा पनि वारपारकै लडाईं हुन्छ ।
यसैलाई मध्यनजर गर्दै २ हजार भन्दा बढी सुरक्षाकर्मीलाई मैदन आसपासमा तैनाथ गरिने भएको छ । साथै ३ क्विक रिएक्सन टिम, ९ वाच टावर्स, ५ बुलेटप्रुफ मोर्चा, स्पेशल सर्भिलान्स टिम तथा इन्टरसेप्सन टिम बनाइएको छ । यस्तै स्टेडियमको हर कुनामा ड्रोनको सहायतामा निगरानी गरिने भएको छ ।
स्टेडियममा करिब ७० हजार दर्शक रहनेछन् ।
The post भारत-पाकिस्तान महाभिडन्त आज, ड्रोनबाट सुरक्षा निगरानी appeared first on Sajha Post.