Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

दुईवटा च्याम्पियन लिग खेलबाट गार्डीयोला निलम्बनमा

$
0
0

एजेन्सी, २२ जेठ । मेनचेस्टर सिटीका व्यवस्थापक तथा स्पेनिश फुटबल टोलीका व्यवसायिक प्रशिक्षक पेप गार्डीयोलालाई युइएफएले आयोजना गर्ने दुईवटा च्याम्पियन लिग खेलमा निलम्बन गरिएको छ ।

लिभरपुलको हारमा उनको सन्दिग्ध गतिविधिलाई उल्लेख गर्दै उनलाई ती दुई खेलबाट बाहिर्‍याइएको हो ।

४७ वर्षीय गार्डीयोलालाई एउटा निर्णयमा दखल दिएको भन्दै १० अप्रिलमा इतिहाड स्टेडियममा आयोजित क्वाटर फाइनल सेकेण्ड लिगको हाफ टाइममै बाहिर पठाइएको थियो ।

लिभरपुललाई क्वाटर र सेमी फाइनलको दौरान क्राउड इन्सीडेन्टका लागि तीस हजार युरो बराबरको जरीवाना लगाइएको थियो । बार्सिलोना क्लबका पूर्व प्रमुख रहेका गार्डीयोलाले आफूले हाफ टाइम अघि डिसएल्लोड गोलको विरोध गरेर रेफ्री मेट्यु लाहोजको बेइज्जती नगरेको बताएका छन् ।

The post दुईवटा च्याम्पियन लिग खेलबाट गार्डीयोला निलम्बनमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles