एजेन्सी, २३ जेठ । एजेन्सी । सुरक्षाको प्रश्न उठेपछि विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँग मैत्रिपूर्ण खेल नखेल्ने भएको छ ।
पछिल्लो समय इजरायल र प्यालेस्टाइनबीच राजनीतिक विवाद चलिरहेको छ । प्यालेसटाइनले अर्जेन्टिना र लियोनल मेस्सीलाई चेतावनी स्वरुप इजरायलसँग खेल नखेल्न आग्रह गरेका थिए । आग्रह नमाने लियोनल मेस्सीको जर्सी जलाउने धम्की समेत दिएका थिए । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले अन्तिम मैत्रीपुर्ण खेल इजरायजसँग अन्तत नखेल्ने निर्णय गरेको हो ।
इजरायलसँग जेरुसेलममा अर्जेन्टिनाले मैत्रिपूर्ण खेल खेल्ने बताइएको थियो ।
प्यालेस्टायनियन फुटबल एसोसियसनका प्रमुख जिब्रिल राजोउवले नै उक्त खेल भए प्यालेस्टायिन नागरिकहरुले मेसीको जर्सी जलाउने बताएका थिए । सुरक्षाका कारण पनि मैत्रीपुर्ण खेल हुननसक्ने अर्जेन्टिनाले बताएको छ ।
प्रशिक्षक जोर्गे साम्पावली, कप्तान लियोनल मेसी तथा सिनियर खेलाडी जाभियर मास्चेरानोले नै खेल रद्द गर्ने दबाबमा परेका थिए । आउने शनिबार इजरायल र अर्जेन्टिनाबीच खेल हुने भनिएको थियो ।
The post अर्जेन्टिनाले इजरायलसँग मैत्रीपुर्ण खेल नखेल्ने appeared first on Sajha Post.