Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ब्राजिलका यी स्टार खेलाडी भन्छन्, ‘रामोस मुर्ख हुन्’

$
0
0

एजेन्सी,२४ जेठ । च्याम्पियन्स लिगमा लिभरपुलका स्टाइकर मोहमम्द सलाहलाई घाइते बनाएको आरोप लागेका रामोस अझै पनि त्यही विवादका कारण चर्चामा रहेका छन् ।

केही दिन अगाडि मात्रै लिभरपुलका स्टार खेलाडी फिर्मिन्हो लक्षित कमेन्ट गरेका रामोसलाई कडा प्रतिक्रिया मिलेको छ । फिर्मिन्होले रियल मड्रिडका स्टार खेलाडी रामोसलाई मुर्खको संज्ञा दिएका छन् ।

सन् २०१७-१८ को च्याम्पियन्स लिग फाइनल खेलमा रामोसले मोहम्मद सलाहलाई घाइते बनाए जसका कारण उनी मैदान छाड्न बाध्य भए । त्यसपछि उनले गोलकिपर लोरिस कारियोसलाई कुहिनोले हान्ने प्रयास गरेका थिए । उनको यो हर्कतलाई कारबाही गर्नुपर्ने मागसहित अनलाइनमार्फत ५ लाख हस्ताक्षर संकलन गरिएको थियो ।

फिर्मिन्हो यसबारे मौन रहेका थिए । तर, रामोसले फिर्मिन्होलाई लक्षित कमेन्ट गरेपछि उनले पनि कडा जबाफ दिएका हुन् । उनले भनेका छन्, ‘रामोस मुर्ख हुन् । लामो समय रियलमा रहेर पनि हुनसक्छ ।’

पराजित भएका कारण आफुमाथि यस्तो प्रतिक्रिया दिएको रामोसले बताएका छन् ।

च्याम्पियन्स लिगको फाइनलमा रियलले लिभरपुललाई ३-१ गोलले पराजित गरेको थियो । लगातार तीनपटक च्याम्पियन्स लिग जित्नै रियलले इतिहास रच्न सफल भएको थियो ।

The post ब्राजिलका यी स्टार खेलाडी भन्छन्, ‘रामोस मुर्ख हुन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles