एजेन्सी, २८ जेठ । पछिल्लो समय ब्राजिलियन स्टार खेलाडी नेयमार पुन चर्चामा रहेका छन् ।
ब्राजिलबाट सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको तेस्रो स्थानमा रहेका रोमारियोको स्थानमा नेयमार आएका छन् ।
रोमारियाको ५५ गोल रहेको छ । गएराति भएको खेलको ६३ औ मिनेटमा नेयमारले गोल गर्दै आफ्नो अन्तराष्ट्रिय गोल संख्या ५५ पुर्याएका छन् ।
२६ वर्षिय नेयमारले अब ब्राजिलका रोनाल्डोलाई भेट्टाउन सात गोल गर्नुपर्नेछ ।
उनको ६२ गोल रहेको छ । नेयमारको प्रमुख लक्ष्य भनेको ब्राजिलियन लिजेण्ड पेलेको रेकर्ड ब्रेक गर्नु हो । पेलेको गोल संख्या ७७ रहेको छ ।
The post रोनाल्डोलाई भेट्टाउन नेयमारले अझै सात गोल गर्नुपर्ने appeared first on Sajha Post.