Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जिते

$
0
0

एजेन्सी, २८ जेठ । स्पेनिस खेलाडी राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

उनले फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै करिअरको १७ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

यो उनको ११ औं फ्रेन्च ओपन उपाधि हो । फाइनलमा उनले थिइमलाई पहिलो सेटमा ६–४ ले, दोस्रो सेटमा ६–३ ले र तेस्रो सेटमा ६–२ को सहज जित हात पारे ।

नाडल सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा भो रोजर फेडेरर छन् । उनले २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन् ।

The post राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जिते appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles