Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यसपटकको विश्वकपमा अर्जेन्टिना सेमिफाइनलसम्म पुग्ने

$
0
0

एजेन्सी, २८ जेठ । अर्जेन्टिाइन फुटबल एसोसियशनका प्रमुख क्लाउडियो टापियाले यसपटकको विश्वकपमा अर्जेन्टिनाले सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेको बताएका छन् ।

सन् २०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिना यसपटकको विश्वकप छनोट हुन निकै कठिन गर्नु गरेको थियो । सो कारण पनि विश्वकप जित्ने बलियो दाबेदारका रुपमा अर्जेन्टिना नभएको उनले बताएका छन् ।

सेमिफाइनल अर्जेन्टिनाको प्रमुख लक्ष्य रहेको छ । ग्रुप डीमा रहेको अर्जेन्टिनाले क्रोसिया, नाइजेरिया र आइसल्याण्डसँग आमनेसामने गर्नेछ । शिर्ष चारमा स्थान बनाउनु पनि सकारात्मक लक्ष्य रहेको उनले बताए ।

यसपटकको विश्वकप पनि लियोनल मेस्सीको नेतृत्वमा उत्रिदैछ । ‘विश्वकै उत्कृष्ट खेलाडी अर्जेन्टिनाको टोलीमा रहेका छन् त्यसकारण पनि हामीले आशावादी हुनुपर्छ’, उनले भने । अर्जेन्टिनाले पहिलो खेल आइसल्याण्डसँग शनिबार खेल्नेछ ।

The post यसपटकको विश्वकपमा अर्जेन्टिना सेमिफाइनलसम्म पुग्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles