एजेन्सी, २८ जेठ । विश्वकप सुरु हुन केही दिनमात्र बाँकी रहेको छ । विश्वकपबारे नयाँ कुराहरु बाहिर आइरहेका छन् ।
विश्वकप जित्ने देशले कति पुरस्कार राशि पाउँछन् । यसबारे धेरैलाई थाहा नहुनसक्छ ।
२१औं संस्करणसम्म आइपुग्दा विश्वकप विजेताको पुरस्कार राशिमा पनि वृद्धि हुँदै आइरहेको छ । यसपटकको विश्वकप पुरस्कार राशि चालीस करोड अमेरिकी डलर छ ।
विश्वकप विजेताले तीन करोड ८० लाख डलर पुरस्कार पाउनेछन्। चार वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणको विश्वकपमा भन्दा यो रकम १२ प्रतिशतले बढी हो ।
रुस विश्पकप उपविजेताले दुई करोड ८० लाख अमेरिकी डलर पुरस्कार हात पार्नेछ। यसैगरी तेस्रो हुने टोलीले दुई करोड ४० लाख र चौथो हुनेले दुई करोड २० लाख अमेरिकी डलर पाउनेछन् ।
The post यस संस्करणको विश्वकप विजेतालाई कति हुनेछ पुरस्कार ? appeared first on Sajha Post.