एजेन्सी, २८ जेठ । ब्राजिलका स्टार फुटबलर केभिन ट्र्याप फिफा विश्वकपको विशेष तयारीलाई लिएर चर्चामा छन् । उनले केही समयअघि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न आफ्नी प्रेमिका इजाबेल गोलार्टसँग दुरी बनाएको बयान दिएपछि उनको चर्चा चुलिएको हो ।
प्रतिष्ठित ब्रांड राल्फ लोरेन, डोल्से र गब्बनाका लागि मोडलिङ गरिसकेकी इजाबेलसँगको अन्तरंग सम्बन्धको बारेमा खुलासा गरेपछि उनी मीडियामा खबरको शीर्षक बने ।
उनले आफ्नी प्रेमिका इजाबेल अत्यन्तै राम्री भएको बताउँदै आफू देशका लागि ड्युटी गरिरहेको अवस्थामा उनीसँग केही समयका लागि दुरी बनाएको उल्लेख गरे । अघिल्लो महिना केभिन र नेमार आफ्ना प्रेमिकाका साथ एक रिसोर्टमा देखिएका थिए । त्यस बेला पनि मिडियाले उक्त खबरलाई विशेष चासोका साथ प्रकाशन/प्रसारण गरेका थिए ।
The post विश्वकपका लागि प्रेमिकासँग टाढिँदै ब्राजिलियन स्टार केभिन appeared first on Sajha Post.