Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रधानमन्त्री कपको उपाधि एपीएफलार्इ

$
0
0

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपीएफ क्लबले सो उपाधि हात पार्न सफल भएको हो ।

सोमबार त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।

जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त बुझायो । प्लेयर अफ दि सिरिज बनेका आर्मीका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार पाए ।

The post प्रधानमन्त्री कपको उपाधि एपीएफलार्इ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles