Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकपको दाबेदार मानिएको बेल्जियमको सानदार जित, लुकाकुले गरे दुई गोल

$
0
0

एजेन्सी, २९ जेठ । विश्वकप पुर्व अन्तिम मैत्रीपुर्ण खेलमा बेल्जियमले कोस्टा रिकालाई ४-१ गोलले पराजित गरेको छ ।

विश्वकप पुर्व बेल्जियमले तीनवटै मैत्रीपुर्ण खेलमा जित हात पार्न सफल भएको छ । गएराति भएको खेलमा अग्रता भने कोस्टा रिकाले लिएको थियो । उसका लागि ब्रायनले खेलको २४ औ मिनेटमा गोल गरे ।

तर, खेलको ३१ औ मिनेटमा ड्राइ मर्टेन्सले बेल्जियमका लागि बराबरी गोल फर्काए । खेलको ४२ औ मिनेटमा रोमेलु लकाकुले बेल्जियमलाई अग्रता दिलाए ।

खेलको ५० औ मिनेटमा लुकाकुले अर्को गोल गरे । खेलको ६४ औ मिनेटमा मिची बातसुवासीले चौथो गोल गरे ।

यो जितसँगै यसपटकको विश्वकप दाबेदार मानिएको बेल्जियमले विश्वकपका लागि बलियो तयारी गरेको प्रतिक्रिया दिएको छ । विश्वकपको ग्रुप जीमा रहेको छ । उसले इंग्ल्याण्ड, ट्युनिसिया र पनामासँग प्रतिस्पर्धा गर्नेछ ।

The post विश्वकपको दाबेदार मानिएको बेल्जियमको सानदार जित, लुकाकुले गरे दुई गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles