Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

दक्षिण कोरिया फेरि पराजित

$
0
0

एजेन्सी, २९ जेठ । विश्वकप पुर्व अन्तिम मैत्रीपुर्ण खेलमा दक्षिण कोरिया सेनेगलसँग २-० गोलले पराजित भएको छ ।

पछिल्ला अन्तराष्ट्रिय खेलमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको दक्षिण कोरियाले विश्वकपमा भने कस्तो खेल प्रदर्शन गर्ने सबैको चासोको विषय बनेको छ ।

गएराति भएको खेलमा खेलको ६७ औ मिनेटमा पार्क योङ जियोनले आत्मघाती गोल गर्दा सेनेगलले अग्रता लियो । दक्षिण कोरियाले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो ।

तर, गोल गर्न भने सकेन । खेलको ९१ औ मिनेटमा सेनेगलले पेनाल्टीमार्फत दोस्रो गोल गर्दा दक्षिण कोरिया पराजय स्वीकार्न बाध्य भयो ।

यसपटकको विश्वपकमा सेनेगलले राम्रो नतिजा निकाल्ने अनुमान गरिएको छ । विश्वकै नाम चलेका खेलाडीहरु सेनेगलमा रहेका छन् । साइडो मानेको विश्वकपमा सेनेगललाई अर्को चरणमा पुर्याउन अहम भुमिका खेल्ने बताइएको छ ।

The post दक्षिण कोरिया फेरि पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles