Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अाजदेखि सुरू हुने विश्वकप फुटबलको नेपाली समय अनुसारको समय तालिका हेर्नुहोस्

$
0
0

 

काठमाडौँ, ३१ जेठ । विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

 

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ।

 

अाजदेखि रुसमा आरम्भ हुने प्रतियोगिताको तालिका नेपाली समयअनुसार

३१ जेठ २०७५
साँझ ८ः४५, रुस र साउदी अरेबिया, पहिलो समूह

१ असार २०७५
साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह
राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

२ असार, २०७५
साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार, २०७५
साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह
राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५
साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह
साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११ः४५, टिउनेसिया र बेलायत, सातौं समूह

५ असार २०७५
साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह

६ असार २०७५
साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५
साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५
साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८ः४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५
साँझ ५ः४५, बेल्जियम र टिउनेसिया, सातौं समूह
साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह
राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५
साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८ः४५, जापान र सेनेगल ९आठौं समूह
राति ११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५
साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५
साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५
साँझ ७ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५
साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११ः४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल हुनेछ ।

The post अाजदेखि सुरू हुने विश्वकप फुटबलको नेपाली समय अनुसारको समय तालिका हेर्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles