एजेन्सी, १ असार । सबैभन्दा बुहप्रतिक्षित खेलमा स्पेनलाई युरोप कप विजेता पोर्चुगलले ३-३ गोलको बराबरीमा रोक्न सफल भएको छ । दुई पटकसम्म अग्रता बनाएको पोर्चुगले स्पेनलाई रोक्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य हुन पर्यो ।
यस संस्करणको विश्वकपमा क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध यस विश्वकपकै पहिलो ह्याट्रिक गर्दा अन्तिम सम्म अग्रता बनाएको स्पेनले जितको स्वाद चाख्न पाएन ।
खेलको चौथो मिनेटमा नै पेनाल्टीमार्फत गोल गरेका रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, विश्वकप दाबेदार मानिएको स्पेनका लागि डियगो कोस्टाले बराबरी गोल फर्काए ।
यस सिजन उच्च फर्ममा रहेका रोनाल्डोले खेलको ४४ औ मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगललाई पुन अग्रता दिलाए । दोस्रो हाफ अति नै रोमाञ्चक रह्यो । स्पेनका लागि डियोगोको कोस्टाले खेलको ५५ औ मिनेटमा पुन बराबरी गोल फर्काए ।
खेलको ५८ औ मिनेटमा स्पेनका लागि नाचोले सानदार गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेल जितेको आभास गरेको स्पेनका लागि पुन बाधक बने रोनाल्डो । उनले खेलको ८८ औ मिनेटमा फ्रिकिकमार्फत बराबरी गोल फर्काए । यो बराबरीसँगै दुबै टिमले एकएक अंक बाढेका छन् ।
The post हयाट्रिक हिरो रोनाल्डोको सामु बराबरीमा चित्त बुझायो स्पेनले appeared first on Sajha Post.