Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अर्जेन्टिना मेस्सीको भरमा, आइसल्याण्डले रक्षात्मक खेल्न सक्ने

$
0
0

काठमाडौं, २ असार । विश्वकप अन्तर्गत शनिबार लियोनल मेस्सीको टीम अर्जेन्टिना आइसल्याण्डसँग भिड्दैछ । यसैबीच अर्जेन्टिनाले आइसल्याण्डसँग फराकिलो जीत हासिल गर्ने अपेक्षा राखेको छ । अर्जेन्टिनाको भरोशा मेस्सीमाथि रहेको छ ।

फुटबल पण्डितहरुका अनुसार कम अनुभवी आइसल्याण्डविरुद्ध अर्जेन्टिनाले राम्रो जीत हासिल गर्नेछ । तर, केहीले भने आइसल्याण्डलाई कमजोर सोच्न नहुने बताइरहेका छन् । उसले जीत हासिल गर्न नसकेपनि बराबरीमा रोक्न सक्ने सम्मको अनुमान लगाउनेहरु पनि देखिएका छन् । यसपटक विश्वकपमा छनोट हुन अर्जेन्टिनालाई धौ-धौ परेको थियो । त्यसबेला दक्षिण अमेरिकी समुहबाट छानिने टीममध्ये अर्जेन्टिना सबैभन्दा कमजोर ठहरिएको थियो ।

आज हुने म्याचमा आइसल्याण्डले अर्जेन्टिनालाई रोक्न डिफेन्स लाइनअपलाई बलियो बनाउन सक्नेछ । आइसल्याण्डका प्रशिक्षकले गोल गर्नुभन्दा पनि गोल नखाने रणनीति अवलम्बन गर्ने सक्नेछन् ।  यसमा उसले पाँच खेलाडी प्रयोग गर्न सक्छ ।

गत विश्वकपको उपविजेता रहेको टीम मेस्सीमा अधिक निर्भर देखिएको छ । टीमको समग्रमा प्रदर्शन राम्रो छैन ।

The post अर्जेन्टिना मेस्सीको भरमा, आइसल्याण्डले रक्षात्मक खेल्न सक्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles