Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईसीसी महिला विश्वकप एसियाली छनोटमा नेपालको पहिलो जित

$
0
0

nepali-cricket-team-women

काठमाडौं, २५ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा पहिलो जित हात पारेको छ ।

आज भएको खेलमा नेपालले चीनलाई २० रनले हराएको हो । नेपालले चीनलाई सात वर्षपछि पराजित गर्न सफल भएको हो । टस जित्दै ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९५ रनको स्कोर बनाएको थियो । जवाफमा चीनले आठ विकेटको क्षतिमा ७५ रन मात्र बनायो ।

सन् २००९ मा भएको एसीसी वुमेन्स ट्वान्टीट्वान्टीमा ७३ रनको जित हात पारेपछि लगातार दुई खेलमा नेपाल चीनसँग हारेको थियो । यसअघि नेपालले आयोजक हङकङसँग ६ विकेट र थाइल्यान्डसँग ३ विकेटको हार बेहोरेको थियो ।

चीनमाथि हात पारेको जितसँगै नेपालले शीर्षस्थानमा रहेर विश्वकपको ‘ग्लोबल छनोट’ खेल्ने संभावना कायमै राखेको छ । अब नेपालले पर्सि हङकङसँग कउलुन क्रिकेट क्लबमा खेल्नेछ ।

The post आईसीसी महिला विश्वकप एसियाली छनोटमा नेपालको पहिलो जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles