Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जित्नैपर्ने दबाबसहित हङकङको सामना गर्दै नेपाल

$
0
0

nepali-cricket-team-women

काठमाडौं, २७ असोज । हङकङमा जारी आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ । कौलुन क्रिकेट क्लबमा आज पौने १२ बजे खेल शुरु हुनेछ ।

यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग पनि पराजित भएको थियो । तेस्रो खेलमा भने चीनमाथि जित हात पारेको छ ।

चीनमाथि हात पारेको जितसँगै नेपालले शीर्षस्थानमा रहेर विश्वकपको ‘ग्लोबल छनोट’ खेल्ने संभावना कायमै राखेको छ । अंक तालिकामा तेस्रो स्थानमा रहेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

The post जित्नैपर्ने दबाबसहित हङकङको सामना गर्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles