Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

छनौट खेलमा नेपालको दोस्रो जित, हङकङ ६ रनले पराजित

$
0
0

nepali-cricket-team-women

काठमाडौं, २७ असोज । आईसीसी महिला विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगितामा नेपालले दोस्रो जित दर्ता गरेको छ ।

हङकङमा जारी आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा नेपालले हङकङलाई ६ रनले हराएको हो ।

कौलुन क्रिकेट क्लबमा आज पौने १२ बजेबाट सुरु भएको खेलमा नेपाल जित्नै पर्ने दबाव बोकेर मैदानमा उत्रिएको थियो । टस जितेर ब्याटिङ रोजेको नेपालले कमजोर सुरुवात गरेको थियो ।

७६ रनको लक्ष्य पछ्याएको हङकङलाई १७ ओभर ४ बलमा ६९रनमा अलआउट गर्दै नेपालले दुई अंक जोडेको हो ।

हङकङविरुद्ध जित हात पार्ने क्रममा नेपालकी करुणा भन्डारीले ३ तथा सरीता पुनले २ विकेट लिइन् । रुबिना क्षेत्री, सबनम राई र निर्मला कुमारीले १-१ विकेट लिए । हङकङका दुई खेलाडी रन आउट हुन पुगे ।

हङकङ सामु ७६ रनको लक्ष्य प्रस्तुत गरेको नेपालका लागि करुणा भण्डारीले सर्वाधिक १९ रन बनाउँदै अविजित रहिन् । नेपालकी ईन्दु बर्माले १५, ज्योती पाण्डे ११ र नेरी थापा १० रन बनाए भने अन्यले दोहारो अकंको स्कोर गर्न सकेनन् । हङ्गकङ्गकी चान का मान र केन्नु गिलले २–२ विकेट लिए । मारिको हिलले १ विकेट लिईन् । नेपालले पुरा ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको थियो ।

खेलमा नेपालकी करुणा भण्डारी प्लेयर्स अफ दि म्याच भएकी छिन् । उनले अविजित १९ रन साथै ३ विकेट हात पारेकी थिइन् ।

यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग पनि पराजित भएको थियो । तेस्रो खेलमा भने चीनमाथि जित हात पारेको छ ।

चीनमाथि हात पारेको जितसँगै नेपालले शीर्षस्थानमा रहेर विश्वकपको ‘ग्लोबल छनोट’ खेल्ने संभावना कायमै राखेको थियो ।

The post छनौट खेलमा नेपालको दोस्रो जित, हङकङ ६ रनले पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles