काठमाडौं, २ असार । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको आज भएको अर्जेन्टिना र आइसल्यान्डको खेल बराबरीमा रोकिएको छ । समूह ‘डी’ को पहिलो खेलमा पहिलो हाफभन्दा अगाडि खेलको १९ औ मिनेटमा अर्जेन्टिनाका सर्जियो अगुइरोले गोल गरेर अग्रता लिए भने खेलको २३ औ मिनेटमा आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएर बराबर बनाएका हुन् ।
खेलको ६३ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो। मेजालाई डि–बक्सभित्र फल गरेपछि कप्तान लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेण्टिनाले खेल जित्ने सुन्दर मौका चुकाएको हो । त्यसपछि कुनै पनि गोल हुन सकेन । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेनाल्टीसहित गरेका ९ प्रहार चुकेपछि खेल बराबरीमा टंगिएको हो ।
दुई पटकसम्मको विश्वविजेता बनिसकेको अर्जेन्टिनाले जित्ने धेरैले विश्वास लिएका थिए । मेसीको पेनाल्टीलाई आइसल्यान्डका गोलकिपर हाल्डोर्सनले विफल पारेपछि विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको हाे ।
अब अर्जेन्टिनाले क्रोएसिया र नाइजेरियासँग खेल्नु पर्नेछ ।
The post मेसीको पेनाल्टी मिस, अर्जेन्टिना र आइसल्यान्ड बराबर अंकमा रोकियो appeared first on Sajha Post.