Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जर्मनी सानदार सुरुवात गर्ने तयारीमा, मेक्सिको अंक खोस्ने दाउमा

$
0
0

एजेन्सी, ३  असार । सन् २०१४ को विश्वकप उपाधि जितेको यो राष्ट्रिय टोली यस पटक झनै बलियो रहेको फुटबल विश्लेषकहरु बताउँछन् । डिफेन्सिभ र अट्याकिङ दुवै पक्षमा निकै बलियो रहेको जर्मनी यसपटकको पनि विश्वकप दाबेदार मानिएको देश हो ।

ग्रुप एफ मा रहेको जर्मनी निकै कठिन ग्रुपमा रहेको छ । यस टिममा दक्षिण कोरिया, मेक्सिको र स्वीडेन जस्ता देशहरु रहेका छन् । जोसिला युवाहरुले भरिएको यस टोलीले यसपटक पनि विश्वकप उपाधि जित्नेमा प्रशिक्षक जोयचिम लो ढुक्क रहेका छन् ।

विश्वकप इतिहास
विश्वकप उपस्थितिः १८ पटक
बेस्ट फिनिसिङः चारपटक
अन्तिम विश्वकपः २०१४ च्याम्पियन्स
रोयस्टरः

गोलरक्षकः बर्न्ड लेनो, मानुयल नेउर, मार्क आन्द्रे टर स्टेजेन र केभिन ट्र्याप
रक्षकः जेरोमी बोआटेङ, म्याथ्यियास गिन्टर, जोनास हेक्टर, म्याट्स ह्युमेल्स, जोसुआ किम्मिच,मार्विन प्लाटेनहार्ट, एन्टोनियो रुडिगर,निकलास सुल र जोनाथन ताह

मिडफिल्डर र फरवार्डः जुलियान ब्रान्ड्ट , जुलियान ड्राक्जलर, मारियो गोमेज,लेओन गोरेटज्का , इल्के गुन्डोगान, सामी खेडिरा, टोनी क्रुज , थोमस मुलर , मेसुट ओजिल, निल्स पिटर्सन ,मार्को रियस, सेबास्टियन रुडी,लेरो सेन र तिमो वेर्नर
उत्कृष्ट खेलाडीहरु
बार्यनबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका म्यानुअल नेउरले यस सिजन खासै खेल्न पाएनन् । लामो समय चोटका कारण मैदानबाहिर रहेका उनी विश्वकपका लागि भने फिट रहेका छन् । उनी विश्वकै उत्कृष्ट गोलरक्षक हुन् । अर्का उत्कृष्ट गोलरक्षक हुन् मार्क–एन्द्री टेर स्टरजेन, उनी पछिल्लो समय उच्च फर्ममा रहेका छन् । उनी पनि विश्वकै उत्कृष्ट गोलरक्षकका रुपमा परिचीत रहेका छन् ।

थोमस मुलर विश्वकै चर्चित खेलाडी हुन् । तर, पछिल्लो समय अर्का स्टाइकर हुन् टिमो विर्नर । रेडबुल लिजपिङबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनले यस सिजन २१ गोल गरेका थिए । युवा खेलाडीलाई प्राथमिकता दिन रुचाउने फ्रान्सेली प्रशिक्षक यसपटक उनलाई मैदानमा उतार्ने मनस्थितिमा रहेका छन् । कुनै समय निकै अभागि टोलीको रुपमा परिचीत थियो जर्मनी । तर, पछिल्ला समयमा जर्मनीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको छ । सन् २०१४ मा विश्वकप उपाधि उचालेको जर्मनीले आफुमाथि लागेको दाग मेटाउन सफल भएको छ । सन् २००६ देखि जर्मनीको जिम्मेवारी सम्हालेका उनले लामो समयको प्रतिक्षा पछि उपाधि जिताउन सफल भएका हुन् ।

मेक्सिको
कोनकाकाएफमा पहिलो हुँदै विश्वकपमा छनोट भएको मेक्सिको यसपटकको विश्वकपमा पनि सुधारिएको खेल प्रदर्शन गर्ने तयारीमा रहेको छ ।
युवा खेलाडीहरुले भरिएको यस देशको टोलीले जर्मनी लगायत दक्षिण कोरिया र स्वीडेनलाई कडा टक्कर दिने अनुमान गरिएको छ । ग्रुप अफ डेथमा रहेको यो देशले अंक बटुल्न ठुलै संघर्ष गर्नुपर्ने बताइएको छ ।

विश्वकप इतिहासः १६ पटक
बेस्ट फिनिसिङः १९७० र १९८६ को विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा
अन्तिम विश्वकपः राउण्ड १६
२०१८ को विश्वकपको ‘ग्रुप एफ’
जर्मनी, मेक्सिको, दक्षिण कोरिया, स्वीडेन

रोस्टरः
गोलरक्षकः गुइलमेरो ओचुवा, अलफ्रेडो टालाभेरा, जेसस कोरोना
डिफेण्डरहरुः डिएगो रिएस, कार्लोस सालसेडो, हेक्टर मोनेरो, ओस्वाल्डो एलानिस, नेस्टर एरोउजो, मिगुइल लेउन, जेसस गालार्डो, हुगो आयला, इडसन अलाभेरेज

मिडफिल्डर्सः हेक्टर हेरेरा, एद्रिस गुआडाडो, राफा मार्कुएज, जोनाथन डस सान्तोस, मार्को फाबियन, जेसस मोलिना, इरिक गुटिएरेज, जियोभानी डस सान्तोष

स्टाइकरः जाभियर एन्कुइनो, जेसस टेकाटिटो कोरोना, राउल जिमेनेज, ओरिभ पेराल्टा, जाभियर हर्नानडेज, कार्लोस भेला, हिरभिङ लोजानो, उर्गेन ड्याम

हिरभिङ लोजानोः पुर्व पुचकाका खेलाडी जो हाल पिएसभीमा चम्कि रहेका छन् । यस सिजन उनलाई प्रिमियर लिगमा ल्याउन पनि इंलिस क्लबहरु ललायित देखिन्छन् ।
आउटलुक

विश्वकपमा उत्कृष्ट खेलाडीहरु भएर पनि राम्रो खेल प्रदर्शन गर्न नसकेको देश हो मेक्सिको । सन् २०१४ को विश्वकपमा पनि अन्तिम १६ बाटै पाखा लागेको मेक्सिकोले यसपटक भने उत्साहजनक खेल प्रदर्शन गर्ने अनुमान लागिएको छ ।

यस टिममा मुख्य केन्द्रका खेलाडी रहेका छन् राफा मार्कुज । ३९ वर्षिय यी खेलाडीले विश्वकपमा कस्तो खेल प्रदर्शन गर्ने हुन् सबैको चासोको विषय बनेको छ ।

दक्षिण कोरियाले मेक्सिकोलाई कडा टक्कर दिने फुटबल विश्लेषकहरुले बताएका छन् ।

The post जर्मनी सानदार सुरुवात गर्ने तयारीमा, मेक्सिको अंक खोस्ने दाउमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles