Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रतिबन्धपछि मैदानमा फर्किएका वार्नरको लोभलाग्दो प्रदर्शन, हिर्काए १८ छक्का

$
0
0

एजेन्सी, ३ असार । बल टेम्परिङका कारण अष्ट्रेलियाका ओपनर डेविड वार्नर एक वर्ष लामो प्रतिबन्ध खेपिरहेका छन् । यसैबीच पनि उनी मैदानमा फर्किएका छन् ।

वार्नरले टी-ट्वान्टी अभ्यास खेलमा अष्ट्रेलियाई नेशनल हाई नेशनल परफर्मेन्स स्क्वाडविरुद्ध ब्रिस्बेनको एलन बोर्डर ओभल ग्राउंडमा खेल्दै १ सय ३० रनको विस्फोटक पारी खेले । जसमा उनले १८ छक्का हिर्काए ।

खबरका अनुसार वार्नरले आफ्नो यस पारीबाट दर्शकले भरपुर मनोरंजन लिए । उनले आफ्नो पारीमा लगाएको १८ छक्कामध्ये केही मैदान बाहिर समेत पुगेको थियो । उनको पारी देखेर यस्तो लाग्थ्यो कि उनी केही महिनापछि क्रिकेटमा फर्किएका हुन् । तर, वार्नरलाई बलिङ गर्ने बलर खासै राम्रो थिएनन् । वार्नरले मैदानमा रिभर्स स्विप पनि प्रयोग गरेका थिए ।

The post प्रतिबन्धपछि मैदानमा फर्किएका वार्नरको लोभलाग्दो प्रदर्शन, हिर्काए १८ छक्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles