Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सीको तुलना रोनाल्डोसँग हुन सक्दैन : सिल्वा

$
0
0

एजेन्सी, ३ असार । पोर्चुगलका मिडफिल्डर एड्रियन सिल्वाले स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीसँग तुलना गर्न नहुने बताएका छन् ।

स्टार स्ट्राइकर रोनाल्डोने विश्वकपको शुरूआती म्याचमा उपाधि दाबेदार स्पेनलाई ३-३ को बराबरीमा रोक्यो । जहाँ पोर्चुगलका लागि सबै गोल रोनाल्डोले गरेका थिए । जबकी अर्जेन्टिनाले डेब्यू टोली आइसल्याण्डसँग १-१ को बराबरीमा चित्त बुझायो । मेस्सीको उत्कृष्ट खेल प्रदर्शनको आशा गरिँदा उनी पेनाल्टीमै चुके । यससँगै सामाजिक सञ्जालमा एकको प्रशंसा र अर्काको विरोध भइरहेको छ ।

लिसेस्टर सिटीका सिल्वाले भने, ‘तपाई मेस्सीको तुलना रोनाल्डोसँग गर्न सक्नुहुन्न ।’

उनले थपे, ‘हामीसँग एक नेतृत्वकर्ता छन् । उसले जे गर्छ, त्यो गर्नैपर्छ । उसलाई जति मदत चाहिन्छ हामी त्यति नै गर्छौं ।’ उनले नजिता सकारात्मक भएको समेत टिप्पणी गरे ।

उनले अघि भने, ‘हामीले यस नजितालाई त्यति धेरै आश राखेका थिएनौं । तर, हामीले म्याच नगुमाउनका लागि कोसिस गर्‍यौं । त्यो महत्वपूर्ण थियो ।’

The post मेस्सीको तुलना रोनाल्डोसँग हुन सक्दैन : सिल्वा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles