एजेन्सी, ३ असार । रसियामा जारी २१औ संस्करणको विश्वकपमा डिफेण्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले हारको स्वाद चखाएको छ । आइबार राति भएको खेलमा जर्मनी मेक्सिकोसँग १-० गोलले पराजित भएको हो ।
खेलको ३५ औ मिनेटमा आर्भिन लोजानो मेक्सिकोका लागि गोल गरे ।
पहिलो मिनेटदेखि नै काउन्टर अट्याकिङ खेल खेलेको मेक्सिकोले अन्तिमसम्म पनि जर्मनीलाई दबाबमा राखेको थियो । मेक्सिकोका लागि सबै खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे ।
जर्मनीका गोलरक्षकले मेक्सिकोका धेरै प्रहारहरु गोल हुनबाट जोगाएका थिए ।
दोस्रो हाफमा पनि जर्मनीले खेलमा फर्कने प्रयास गरेको थियो तर सकेन ।
मेक्सिकोको उत्कृष्ट डिफेन्स र अट्याकिङ खेलका सामु जर्मनीको केही सिप लागने । यो हारसँगै जर्मनीको विश्वकप यात्रा सुखद रहेन भने पहिलो हारसँगै दबाब पनि उत्तिकै थपिएको छ ।
The post मेक्सिकोको सानदार खेल प्रदर्शन, डिफेण्डिङ च्याम्पियन जर्मनी पराजित appeared first on Sajha Post.