Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अन्तत ब्राजिल पनि बराबरीमै सिमित, नेयमारले गोल गर्न सकेनन्

$
0
0

एजेन्सी, ४ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपमा ब्राजिललाई स्वीजरल्याण्डले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

पहिलो मिनेटदेखि नै आक्रामक खेल खेलेको ब्राजिलका लागि फिलिपिन्हो कोउटिन्होले खेलको २० औ मिनेटमा सानदार गोल गरेका थिए । बारम्बार आवसर सिर्जना गरेको ब्राजिलले गोल गर्न भने सकेन ।

पहिलो हाफमा ब्राजिलले स्वीजरल्याण्डमाथि निकै ठुलो दबाब बनाइ राखेको थियो । तर, दोस्रो हाफको ५० औ मिनेटमा स्वीजरल्याण्डका लागि स्टेभेन जुभेरले बराबरी गोल फर्काए ।

बराबरी गोल फर्काएको स्वीजरल्याण्डले राम्रो रक्षात्मक खेल प्रदर्शन गर्न सफल भएको छ । ब्राजिललाई बराबरीमा रोकेको स्वीजरल्याण्डले महत्वपुर्ण एक अंक समेत जोड्न सफल भएको छ ।

The post अन्तत ब्राजिल पनि बराबरीमै सिमित, नेयमारले गोल गर्न सकेनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles