Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिभ्युः इंङ्ल्याण्डलाई रोक्न सक्ला त ट्युनिसियाले

$
0
0

काठमाडौँ, ४ असार । एकपटक विश्वकप जितेको इंल्याण्ड यसपटक पनि विश्वकप जित्ने दाउमा रहेको छ । सजिलो ग्रुपमा परेको इंल्याण्ड यसपटकको विश्वकपमा सेमिफाइनलसम्म पुग्न सक्ने सम्भावना बलियो भएको फुटबल विश्लेषकहरु बताउँछन् । आज इंल्याण्डले ट्युनिसियासँग आमने सामने गर्दैछ । विश्वकप दाबेदार मानिएका देशहरु बराबरी खेल खेलिरहँदा इंल्याण्ड पनि अंक गुम्ने त होइन भन्ने शंकामा रहेको छ ।

विश्वकप इतिहास
विश्वपकमा उपस्थितः १५ पटक
बेस्ट फिनिसिङः १९६६ विश्वकप विजेता
पछिल्लो विश्वकपः ग्रुप स्टेजबाट बाहिरिएको

रोस्टर
गोलकिपर– जोर्डन पिकफोर्ड, ज्याक बटल्यान्ड, निक पोप
डिफेन्डर – कायल वाकर, जोन स्टोन्स, फिल जोन्स, ग्यारी केहिल, केरन ट्रिपियर, ड्यानि रोज, ह्यारी म्याग्वाएर, एस्लि योङ, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड
मिडफिल्डर – एरिक डायर, जोर्डन हेन्डरसन, जेसे लिन्गार्ड, फाबियन डेल्फ, डेले अल्ली, रुबेन लफ्टस–चिक
फरवार्ड – ह्यारी केन, जेमि भार्डि, रहिम स्टेर्लिङ, मार्कोस रासफोर्ड, ड्यानि वेल्बेक

यसपटकको विश्वकप ह्यारी केनमाथि बढी जिम्मेवारी थपिएको छ । कप्तान समेत रहेका उनले विश्वकप उपाधि जित्नेमा आशावादी रहेको बताउँदै आइरहेका छन् । उनले भनेका छन्,‘हामीले खेर फाल्नु केही छैन र गुमाउनु पनि केही छैन । विश्वकपमा नपत्याउने जित हात पर्ने हाम्रो लक्ष्य रहेको छ ।’

विश्वकपमा यसपटक हेर्न लायकका खेलाडी हुन् रहिम स्टर्लिङ र डि अली । म्यानचेस्टर सिटी र टोटनह्यामका यी चर्चित खेलाडीहरुले विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने अपेक्षा लिइएको । स्पीड, स्कीलका धनी यी खेलाडीहरुले विश्वकपको अन्तिम मिनेटसम्म पनि नतिजा उल्टाउन सक्ने सम्भावना राख्छन् ।

इंल्याण्डका प्रशिक्षक साउथगेटमाथि थप दबाब बनिरहेको छ । युवा टोलीहरु लिएर विश्वकपमा उत्रिन तयार भएका कारण पनि उनीमाथि थप दबाब बनेको हो । विश्वकपमा लामो समय बितिसक्दा पनि राम्रो नतिजा हात पार्न असफल इंल्याण्डले यो विश्वकपमा कस्तो खेल प्रदर्शन गर्ने हो सबैको चासोको विषय बनेको छ ।

ट्युनिसिया
विश्वकपमा लामो समयपछि कमब्याक गरेको ट्युनिसियाले यसपटकको विश्वकपमा बेल्जियम र इंल्याण्डलाई कडा चुनौती दिने अनुमान गरिएको छ । ट्युनिसिया पछिल्लो समय सुधारिएको खेल प्रदर्शन गरेको छ । विश्वकपमा धेरै अनुभव नबटुलेको ट्युनिसियाले इंल्याण्ड झट्का दिन सक्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

विश्वकपमा उपस्थितिः ५ पटक
पछिल्लो विश्वकपः २००६

रोस्टर
प्रशिक्षक नाबिल मालुलले बलियो टोली निर्माण गरेको बताएका छन् ।
गोलरक्षकः आयमन म्याथलउथी, मोयज बेन चेरिफा, फारुक बेन मुस्तफा, मोयज हसिन
डिफेण्डरः रामी बेदुवाइ, योहान बेनालोउनी, स्याम बेन योसुफ, डाइलान ब्रोन, खालिल चमाम, ओउसमाना हाडाफी, अली मालाउल, यासिन मेरिया, बेलिल मोस्नी
मिडफिल्डर्सः मोहमम्द आमिन बिन आमोर, साइ इडिन खाओइ, अहमद खाली, इलियास सिक्री, फरजानी सासी, गेललेनी चालाली, मोहमम्द वाइल लार्बी, करिम लारिबी
स्टाइकरः एनिस बाद्री, फाक्रीरेड्रिन बेन युसोफ, नाइम स्लीटी, बासिम सरराफी, अहमद एकाची, वाइबी खाज्री, साबिर खालिफा

The post प्रिभ्युः इंङ्ल्याण्डलाई रोक्न सक्ला त ट्युनिसियाले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles