एजेन्सी, ४ असार । अर्जेन्टिनाका फुटबल लिजेण्डल डियगो म्याराडोना लियोनल मेस्सीको पक्षमा उभिदै प्रतिक्रिया दिएका छन् ।
आइसल्याण्डविरुद्धको खेलमा लियोनल मेस्सीले पेनाल्टी मिस गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । एकएक गोलको बराबरीमा भएको अवस्थाा अर्जेन्टिनाले पेनाल्टीमार्फत खेल जित्ने अवसर थियो तर, मेस्सीको प्रहार आइसल्याण्डका गोलरक्षकले बचाएका थिए ।
म्याराडोनाले मेस्सीको सपोर्ट गर्दै भनेका छन्, ‘मैले पाँचवटा महत्वपुर्ण पेनाल्टी मिस गरेको थिए, तैपनि म म्याराडोना नै छु ।’
एक अंक जोडेको अर्जेन्टिनाकाप्रति उनले पुर्ण समर्थन देखाउँदै मेस्सीले आफ्नो जिम्मेवारी पुरा गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘पेनाल्टी मिस गरेपछि मेस्सी केही तनाबमा देखिएका थिए । तर, यो फुटबल यहाँ जे पनि हुनसक्छ । मैले पनि पाँचपटक पेनाल्टीमार्फत गोल गर्न चुकेको थिए ।’
The post लियोनल मेस्सीले पेनाल्टी मिस गरेपछि म्यारोडोनाले दिए यस्तो आश्चर्य लाग्दो प्रतिक्रिया appeared first on Sajha Post.