एजेन्सी, ४ असार । पुर्व अर्जेन्टिनाका स्टाइकर हर्नान क्रिस्पोले लियोलन मेस्सी एक्लैले विश्वकप जिताउन नसक्ने बताएका छन् ।
उनले भनेका छन्, ‘लियोनल मेस्सी म्यारोडोना होइनन् । उनी एक्लैले विश्वकप जिताउन सक्दैनन् ।’
शनिबार भएको खेलमा मेस्सीले आइसल्याण्डविरुद्ध ११ वटा प्रहार हानेका थिए । तर, गोल गर्न भने सकेनन् । उनले पेनाल्टी पनि मिस गरेका थिए । अर्जेन्टिनाका लागि ६४ खेल खेलको क्रिस्पोले मेस्सीलाई अन्य खेलाडीहरुको साथ चाहिने बताएका छन् । उनले भनेका छन्,’जबसम्म अन्य साथीहरुले जिम्मेवारीपुर्ण खेल खेल्दैनन्, अर्जेन्टिनाले उपाधि जित्न सक्दैन ।’
उनले भनेका छन्,’मेस्सीले आशालाग्दो खेल प्रदर्शन गर्न सकेनन् । उनलाई ५ अंक दिए हुन्छ । उनी एक्लैले विश्वकप जित्न सक्दैनन् । उनी म्याराडोना होइनन् ।’
The post ‘लियोनल मेस्सी म्यारोडोना होइनन्, उनी एक्लैले विश्वकप जिताउन सक्दैनन्’ appeared first on Sajha Post.