Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘मैदानमा हामीले कुनै विश्व च्याम्पियन देखेनौं’

$
0
0

एजेन्सी, ४ असार । सन् २०१४ मा विश्व विजेता बनेको जर्मनीले रसिया विश्वकपको आफ्नो पहिलो खेलमै मेक्सिकोसँग पराजय भोग्नुपर्‍यो । हारपछि जर्मनी मीडिया चिन्तित बनेको छ । खेलको ३५ औं मिनेटमा मेक्सिकोका लागि हिरविङ लोजानोले गोल गरे । त्यही गोल नै जर्मनका लागि भारी हुन गयो ।

मेक्सिकोले विश्वकपको इतिहासमा जर्मनीलाई हराएको यो दोस्रो पटक हो । विश्वकपमा सन् १९८२ पछि पहिलोपटक जर्मनीले आफ्नो शुरुआती खेलमा हारेको हो ।

जर्मनीको एक चर्चित पत्रिका बिल्डले आफ्नो वेवसाइटमा लेखेको छ, ‘मेक्सिकोसामु जर्मनीले लज्जास्पद प्रदर्शन गर्‍यो, यस हारपछि विश्वकप अभियानका लागि चिन्ता बढाएको छ ।’

म्यूनिखबाट प्रकाशित हुने पत्रिका ज्यूडडोयचेले लेखेको छ, ‘चिन्ता गर्नुपर्ने कारण छ किनकी अर्को चरणमा पुग्नका लागि जर्मनीले स्वीडेन र दक्षिण कोरियालाई पराजित गर्नुपर्ने हुन्छ ।’

त्यस्तै फ्र्याकफुटर अलजेमीने भनेको छ, ‘जर्मनीको खराब शुरुआत ।’ खेल पत्रिकाले टीमको खराब प्रदर्शनको बारेमा बताउँदै लेखेको छ, ‘मैदानमा हामी कुनै विश्व च्याम्पियन देखिरहेका छैनौं ।’

The post ‘मैदानमा हामीले कुनै विश्व च्याम्पियन देखेनौं’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles