एजेन्सी, ४ असार । विश्वकपको भर्खरै सम्पन्न खेलमा दक्षिण कोरियालाई स्वीडेनले १–० ले हराएको छ ।
खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमार्फत स्वडेनका डिफेण्डर आन्द्रेस ग्रान्भिस्टले गोल गर्न सफल भए । त्यही गोल नै स्वीडेनका लागि जीतमा परिणत भएको थियो ।
६२औं मिनेटमा कोरियाली डिफेण्डर किम मिन वोले स्वीडेनका भिक्टर क्लेसोनलाई डिबक्सभित्र फल गरेको भिडियो असिस्टेन्ट रेफ्रीबाट प्रमाणित भएपछि स्वीडेनले पेनाल्टीको अवसर पाएको हो ।
अब कोरियाले अर्को खेलमा मेक्सिकोसँग खेल्नेछ। स्विडेनले साविक विजेता जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि जर्मनीलाई मेक्सिकोले १–० ले हराएको थियो ।
विश्वकप अन्तर्गत आज पौने ९ बजे बेल्जियम र पानामा खेल्नेछन् भने राति पौने १२ बजे ट्युनिसिया र इंग्ल्याण्ड भिड्दैछन् ।
The post दक्षिण कोरियालाई १–० अन्तरले हराउँदै स्वीडेन विजयी appeared first on Sajha Post.