एजेन्सी, ५ असार । रसिया विश्वकपको जारी जापान र कोलम्बियाबीचको आजको खेलमा कोलम्बियाका खेलाडी कार्लोस सेन्चेजले रेड कार्ड पाएका छन् । जापानी खेलाडी ओसाकालाई डिबक्सभित्र सेन्चेजले हात प्रयोग गरेपछि रेफ्रीले रेड कार्ड दिएका हुन् ।
मोर्डोभिया एरिना रंगशाला सारांस्कमा जारी बुधबारको खेलमा उनले तेस्रो मिनेटमा नै रेड कार्ड पाएका हुन् । कंगवाले पेनाल्टीमा सहजरुपमा गोल गर्दै जापानलाई १-० को अग्रता दिलाउन सफल भएका छन् । १० जनामा सीमित भए पनि कोलम्बियाले आक्रामक देखिएको छ ।
The post कोलम्बियाका कार्लसलाई विश्वकपको पहिलो रेड कार्ड, पेनाल्टीमा जापानको गोल appeared first on Sajha Post.