काठमाडौँ, ७ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको स्पेनले इरानमाथि १-० गोलको कठिन जित निकालेको छ ।
पहिलो खेलमा मोरोक्कोलाई १-० गोलले पराजित गर्दै तीन अंक बटुलेको इरान स्पेनलाई रोक्न हरसम्भव प्रयास गरेको थियो ।
अर्को चरणमा पुग्न इरानले स्पेनलाई हराउन आवश्यक थियो भने पहिलो खेल पोर्चुगलसँग खेलेको स्पेनलाई गर वा मरको अवस्था थियो ।
पहिलो हाफदेखि नै दुवै टिम आक्रामक देखिएका थिए । त्यस्तै मोरोक्कोमाथि पोर्चुगलले जित निकालेपछि स्पेन थप दबाबमा रहेको थियो ।
खेलको दोस्रो हाफमा डियगो कोस्टाले एकमात्र गोल गरे । इरानले अन्तिम मिनेटसम्म पनि गोल फर्काउने प्रया गरेको थियो तर सकेन ।
समुह बि मा पोर्चुगल र स्पेनको समान चारचार अंक रहेको छ भने इरानको तीन अंक रहेको छ ।
मोरक्को दुई खेलमा पराजित भएपछि विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको हो । अबको अन्तिम खेलमा पोर्चुगलले इरान र स्पेनले मोरक्कोसँग खेल्नेछ ।
The post स्पेनलाई ठुलो राहत, इरानविरुद्ध कठिन जित appeared first on Sajha Post.