काठमाडौं, ८ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । एन्फाको सोमबार सम्पन्न साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
उनले आफ्ना निकटतम प्रतिद्वन्दी कर्मा छिरिङ शेर्पालाई ५ मतले पछि पारे । यस्तै वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ प्यानलकै मणि कुँवर निर्वाचित भए । कुँवरले शेर्पा प्यानलका दिपक खातीलाई ९ मतले निरास पारे ।
The post एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित appeared first on Sajha Post.