एजेन्सी, १५ असार । भारतीय टीमका पूर्व विस्फोटक ओपनर वीरेन्द्र सेहवागले भारतीय टीमको प्लेइङ-११ मा के एल राहुलको नाम समावेश हुनुपर्ने बताएका छन् । के एल राहुल राम्रो खेलाडी भएको र उनी अहिले फर्ममा रहेको बताउँदै उनालई टीममा राख्न सेहवागले जोड गरेका हुन् ।
उनले टीम इंडियाको ओपनिङ जोडी (शिखर धवन र रोहित शर्मा) परिवर्तन गर्न नपर्ने धारणा राखे । तर, राहुललाई तेस्रो नम्बरमा मौका दिनुपर्ने उनको भनाई थियो ।
सेहवागले भनेका छन्, ‘राहुललाई दिनेश कार्तिकको स्थानमा मौका दिनुपर्छ । चौथो नम्बरमा विराट कोहली अथवा महेन्द्रसिंह धोनीलाई उतार्नुपर्छ ।’
शुक्रबार आयरल्याण्डविरुद्ध भारतको दोस्रो टी-ट्वान्टी म्याच छ । यस्तोमा टीम व्यवस्थापनले राहुलाई अन्तिम-११ मा पार्छ/पार्दैन त्यो हेर्न बाँकी छ । सीरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७६ रनले हराउँदै भारतले १-० को अग्रता लिएको छ ।
The post सेहवाग भन्छन्- दिनेश कार्तिकको स्थानमा के एल राहुललाई मौका दिनुपर्छ appeared first on Sajha Post.