Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप : मैदानभित्र डेनमार्कका क्रिस्टियन एक्लै दौडिए ३६ किलोमिटर

$
0
0

एजेन्सी, १५ असार । रसियामा जारी विश्वकपमा हरेक म्याचमा नयाँ-नयाँ रेकर्डहरु बनिरहेका छन् । दक्षिण कोरियाले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हरायो । फलस्वरुप जर्मनीको विश्वकप यात्रामा पूर्णविराम लाग्न पुग्यो । र, जर्मनी ८० वर्षपछि पहिलोपटक लिग चरणबाट बाहिरियो ।

फिफा विश्वकप २०१८ को लिग चरणका कुल ६४ खेल भए । यसैबीच डेनमार्कका क्रिस्टियन एरिकसनको नाममा एउटा किर्तिमान बन्यो । क्रिस्टियनले यस विश्वकपमा मैदानमा ३६ किलोमिटर दौडे । उता पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एकै म्याचमा १० किलोमिटर मैदानमा दौडेका थिए ।

त्यस्तै इंग्याण्डका कप्तान ह्यारी केन गोल्डेन बुटको दाबेदारको दौडमा छन् । उनले यो विश्वकपमा पाँच गोल गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुको गोल संख्या चार छ ।

The post विश्वकप : मैदानभित्र डेनमार्कका क्रिस्टियन एक्लै दौडिए ३६ किलोमिटर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles