Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकपमा फिफाको कारबाहीमा परे यी देशहरु

$
0
0

काठमाडौँ, १९ असार । जारी २१ औं विश्वकपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) चारवटा देशलाई कारबाही गरेको छ ।

फिफाले रसियालाई रंगभेदी व्यवहार गरेको भन्दै जरिवाना गरेको छ । युरुग्वेसँगको खेलमा रंगभेदी ब्यानर प्रदर्शन गरेको आरोपमा आयोजक रसियालाई फिफाले १० हजार स्विस फ्र्यांक्स जरिवाना गरेको हो ।

सर्बियाले ब्राजिलसँगको खेलमा राजनीतिक तथा अपमानजनक शब्दसहितको ब्यानर प्रदर्शन गरेका कारण फिफाले उसलाई १५ हजार पाउण्ड जरिवाना लगाएको छ ।

स्विडेनसँगको खेलमा मेक्सिकोका प्रशंसकले बोतल तथा विभिन्न बस्तु फालेकाले मेक्सिकोलाई पनि ११ हजार ५ सय पाउण्ड जरिवाना लगाइएको छ ।

स्पेनसँगको २–२ को बराबरीमा खेल सकिएपछि मोरक्कोका टेक्निकल स्टाफले मैदानमै अवरोध पुर्याएकाले फिफाले उसलाई ५० हजार पाउण्ड जरिवाना तोकेको छ ।

गएको हप्ता गोल गरेको खुशी मनाउने क्रममा राजनैतिक सन्देश झल्किने हाउभाउ देखाएका कारण ३ जना स्विस खेलाडीलाई फिफाले कारबाही गरेको थियो ।

The post विश्वकपमा फिफाको कारबाहीमा परे यी देशहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles