एजेन्सी, २२ असार । रसिया विश्वकपमा आजबाट क्वाटरफाइनलका म्याचहरु सुरु हुँदैछन् । शुक्रबार ब्राजिल र बेल्जियम भिड्दैछन् । यसैबीच नेयमार आफ्नो फुटबल स्किलका कारण चर्चामा आउनुको सट्टा मैदानमा लड्दा चर्चामा आए । उनलाई अन्य खेलाडीले छुँदा पनि मैदानमा ढलेको भन्दै व्यापक आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा उनको ट्रोल भइरहेको छ भने उनीबाट प्रभावित भएर नक्कल गर्नेहरु पनि थुप्रै भेटिएका छन् ।
आँकडाका अनुसार नेयमार चार म्याचमा ८४० सेकेन्ड अर्थात् १४ मिनेट चोट या चोटको बहाना बनाएर मैदानमा ढलिरहे ।
यतिमात्र होइन, एक फुटबल एकेडेमीका बच्चाहरुले समेत नेयमारको मजाक उडाउन एक भिडियो बनाएर ट्वीट गरे । त्यसमा १० बच्चाहरु बलका लागि भिडिरहेको देखिन्छ । त्यसपछि सबै बच्चा लड्छन् र नेयमारकै स्टाइलमा मैदानमा छट्पटाउँछन् ।
#Neymar‘s football academy!
pic.twitter.com/6BiJ1fjP1T
— 1xBet English | #WorldCup (@1xbet_Eng) July 4, 2018
The post चार खेलमा १४ मिनेट मैदानमा ढले नेयमार, एकेडेमीका बच्चा उनको सिको गर्दै (भिडियोसहित) appeared first on Sajha Post.