Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लर्ड्समा खेल्ने नेपाली टोलीको घोषणा : प्रदिप, सुवास र विनोदको पुनरागमन

$
0
0
फाइल तस्बिर

काठमाडौं, २२ असार । लर्ड्समा हुने टी-ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)बीच इंग्ल्याण्डको लर्ड्समा त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट सिरिजलाई मध्यनगर गर्दै २० खेलाडी क्लोज क्याम्पका लागि चयन भएका हुन् ।

चयन भएका २० खेलाडीलाई क्लोज क्याम्पमा राखिनेछ । क्लोज क्याम्पका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले नेपाली टोलीको छनोट गरेका हुन् ।

अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हरी क्षेत्री, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख क्लोज क्याम्पका लागि छनोट भएका छन् । त्यस्तै कप्तान पारस खड्का, सन्दीप लामिछाने, शक्ति गौचन, प्रदिप ऐरी, रोहित कुमार पौडेल, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल, सुनील धमला र सुशन भारी छनोट भएका छन् ।

यससँगै प्रदिप ऐरी, सुवास खकुरेल, विनोद भण्डारीले नेपाली टोलीमा पुनारागमन गरेका छन् । त्यस्तै हरि क्षेत्री नयाँ अनुहार हुन् ।

The post लर्ड्समा खेल्ने नेपाली टोलीको घोषणा : प्रदिप, सुवास र विनोदको पुनरागमन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles