काठमाडौँ, २८ असार । पुर्व डिफेण्डर सालगाडोले रियल मड्रिडमा रोनाल्डोको स्थान कुनै पनि खेलाडीले लिन नसक्ने बताएका छन् । रोनाल्डो १०० मिलियन युरोमा यसै सिजन रियल छाड्दै युभेन्ट्समा आवद्ध भएका छन् ।
उनले क्लब छाडे लगत्तै उनको विकल्पमा खेलाडीहरुको खोजी गरिराखेको छ । मिडिया रिपोर्टका अनुसार उनको विकल्पमा नेयमार र इडिन हजार्डलाई हेरिएको छ ।
तर, सालगाडोका अनुसार मोहमम्द सलाह पनि रोनाल्डोको विकल्प हुन सक्छन् । उनले भनेका छन्, ‘रोनाल्डो एक गोल मसिन हुन् । उनले बनाएका रेकर्ड तोड्न जो कोहीले सक्दैनन् । रियलको टिममा रहेर खेल्ने खेलाडीहरुको आवश्यकता रहेको छ ।’
उनका अनुसार रियलका प्रशिक्षक लोपेतेगुइलाई खेलाडी छनोट प्रक्रिया अत्यन्त कठिन भएको छ । कुन खेलाडी रोज्ने वा कुन खेलाडीलाई प्राथमिकतामा नराख्ने जस्ता प्रश्नहरुले उनलाई सताएको सालगाडोले बताएका छन् ।
उनले भनेका छन्, ‘रोनाल्डोको विकल्प कसैले लिनैसक्दैन । व्यक्तिगत रुपमा त उनलाई कसैले च्यालेन्ज पनि गर्न सक्दैन ।
नौ वर्षसम्म सन्तुलित तवरले खेल्न सक्ने क्षमता रोनाल्डोसँगमात्र थियो ।’
The post ‘रोनाल्डोको ठाउँ कसैले लिनसक्दैन’ appeared first on Sajha Post.