काठमाडौँ, २९ असार । प्रिमियर लिगको पहिलो सिजनमा नै उपाधि जिताउन सफल प्रशिक्षक एन्टोनियो कोन्टेको चेल्सीमा दोस्रो सिजन खासै गतिलो हुन सकेन ।
चेल्सीले अन्ततः उनलाई बर्खास्त गरेको मिडिया रिपोर्टमा उल्लेख छ । प्रिमियर लिग सकिए लगत्तै उनलाई क्लबले बर्खास्त नगर्दा भने धेरै फ्यानहरु आश्चर्यमा परेका थिए ।
मिडिया रिपोर्टका अनुसार नेपोलीका प्रशिक्षक मउरिजियो सारीले चेल्सीको जिम्मेवारी सम्हाल्नेछन् । प्रिमियर लिगमा पाँचौ स्थानमा चित्त बुझाएको चेल्सीले पछिल्ला वर्षहरुमा सन्तुलित खेल प्रदर्शन गर्न सकेको छैन ।
चेल्सीका मालिक रोमन इब्राहिमोविच आफुले सोचेजस्तो नतिजा क्लबले निकाल्न नसकेको खण्डमा प्रशिक्षक निकाल्न र नयाँ नियुक्ती गर्न पछि पर्दैनन् ।
The post अन्ततः चेल्सीले कोन्टेलाई बर्खास्त गर्यो, अब को बन्ला त प्रशिक्षक ? appeared first on Sajha Post.