Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारत भर्सेस इंग्ल्याण्ड : दुवै टोली ‘गर या मर’को अवस्थामा

$
0
0

एजेन्सी, १ साउन । भारत र इंग्ल्याण्डबीच तीन वान-डे म्याचको सिरिजको अन्तिम खेल मंगलबार हुँदैछ । पहिलो टी-ट्वान्टी सिरिज जितेपछि भारतसामु वान-डे सिरिज जित्ने सुनौलो अवसर छ । हाल दुवै टीम १-१ को बराबरीमा छन् । नोटिघंममा पहिलो म्यचा ८ विकेटले विजयी भएको भारतीय टीमले दोस्रो म्याच लर्ड्समा ८६ रनको पराजय भोग्नुपर्‍यो ।

सिरिज आफ्नो नाममा लेखाउन दुवै टीमलाई आजको म्याचमा जित हासिल गर्नुपर्ने हुन्छ । दुवै टोली आज ‘गर या मर’को अवस्थामा मैदानमा उत्रिनेछन् ।

भारतीय टीमले जनवरी २०१६ को अष्ट्रेलिया भ्रमणपछि द्विपक्षीय वान-डे सिरिज गुमाएको छैन । आज टीमले त्यसलाई निरन्तरता दिन सक्ने क्रिकेट पण्डितहरुले बताएका छन् ।

The post भारत भर्सेस इंग्ल्याण्ड : दुवै टोली ‘गर या मर’को अवस्थामा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles