Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रशिक्षक जुलेन लोपेतेगुई रियल मड्रिडबारे यसो भन्छन्

$
0
0

 

काठमाडौँ, २ साउन । प्रशिक्षक जुलेन लोपेतेगुईले रियल मड्रिडबारे आफ्नो धारणा व्यक्त गरेका छन् । उनले आउने सिजनको लिगमा रियल मड्रिड टिम बलियो रुपमा प्रस्तुत हुने समेत बताएका छन् ।

आजदेखि प्रि–सिजन अभ्यास सत्र सुरु गरेका लोपेतेगुईले रियलका समर्थकहरुलाई आश्वस्त पार्दै आफूसँग प्रष्ट रणनीति रहेको र यसले रियलको यस सिजनको यात्रा सफल बनाउने समेत बताए ।

उनले भनेका छन् ‘मलाई रियल मड्रिडको बारेमा सबैकुरा मनपर्छ, गीत पनि । म सँग राम्रा खेलाडीहरु छन् उनीहरु सबै प्रतिस्पर्धिहरुसँग खेल्नको लागि तयार छन् ।’

उनले थपे ‘रियल मड्रिडमा फर्किनु सँधै विशेष रहन्छ । मैले यसलाई आफ्नो घरको रुपमा लिएको छु । म यहाँ नै हुर्के, यही धेरै कुराहरु सिके । यसै क्लबले आज मलाई यो स्थानसम्म पुर्याएको छ । रियल मड्रिड विश्वको उत्कृष्ट क्लब हो ।’

विश्वकप पुर्व रियलमा आवद्ध भएपछि उनलाई स्पेनको जिम्मेवारीबाट निकालिएको थियो ।

The post प्रशिक्षक जुलेन लोपेतेगुई रियल मड्रिडबारे यसो भन्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles