काठमाडौं, २६ कात्तिक । ब्राजिलले विश्वकप २०१८ को छनोट खेलमा अर्जेन्टिनामाथि ३-० को सहज जित दर्ता गरेको छ ।
छनोट खेलअन्तर्गत शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिलले अर्जेन्टिनामाथि शानदार प्रदर्शन गर्दै विजयी यात्रा जारी राखेको हो । ब्राजिललाई अग्रता दिलाउने क्रममा खेलको २५औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै फिलिप कुटिन्होले उत्क्रिस्ट गोल गरे ।
यसैगरी खेलको पहिलो हाल्फको अन्तिम समयमा नेयमरले गोल गर्दै टिमको अग्रता २-० मा पुर्याए । निकै उत्कृष्ठ लयमा रहेको ब्राजिलले खेलको ५८ औँ मिनेटमा अर्को गोल गर्दै ३-० को सहज जित हात पारेको हो ।
११ खेलबाट २४ अंक रहेको ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकप सोझै छनौट हुने सम्भावना बलियो बनाएको छ ।
The post अर्जेन्टिनाको पोस्टमा ब्राजिलको तीन गोल appeared first on Sajha Post.