काठमाडौँ, २ साउन । प्रशिक्षक जालाटको डालिकले क्रोएसिया आफ्नो मनपर्ने गन्तव्य भएको बताएका छन् । उनले ब्राजिल तथा बार्सिलोनाको प्रशिक्षक हुन सक्ने तर, क्रोएसिया आफ्नो पहिलो रोजाइ भएको बताएका छन् ।
रसियामा सम्पन्न २१ औ संस्करणको विश्वकपको फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४-२ गोलले पराजित भएको थियो ।
उनले भनेका छन्, ‘विश्वकप जित्नु हाम्रो लक्ष्य थियो तर जित्न सकेनौ तर इतिहास रच्न भने सफल भएका छौ ।’
विश्वकपमा उनले क्रोएसियालाई दिलाएको सफलताको सर्वत्र प्रशंसा भएको छ । उनलाई ठुला क्लबहरुबाट समेत अफर आएको बताइएको छ ।
The post ‘म ब्रार्सिलोना वा ब्राजिलको प्रशिक्षक बन्न सक्छु तर क्रोएसिया मेरो पहिलो रोजाइ हो’ appeared first on Sajha Post.